मालदामा दुई अज्ञात लाश फेला

IMG-20231218-WA0128.jpg

मालदा: मालदाको अंग्रेजी बजार थाना क्षेत्रका दुई फरक ठाउँमा बिहान दुई जनाको हत्या भएको छ। पहिलो घटना भारत-बंगलादेश सीमाबाट दुई किलोमिटर टाढा आँपको बगैचाबाट रगतले लतपतिएको लाश फेला परेको हो। घटना अङ्ग्रेजी पुलिस थानाको नालापुकुर क्षेत्रमा भएको हो । तर, मृतकको नाम भने खुल्न सकेको छैन। घटनास्थलमा अंग्रेजीबजार पुलिद थाना पुगेको छ। यस व्यक्तिको हत्यापछि प्रमाण नष्ट गर्नका लागि अपहरणकारीले बोरामा बाँधेर भारत–बंगलादेश सीमा नजिकैको अम्बागनमा छाडेर भागेको स्थानीयको गुनासो छ। अर्कोतर्फ, आज बिहान मालदाको अंग्रेजी बजार थाना क्षेत्रको काजी गाउँ इलाकामा रहेको जलाशयबाट एक व्यक्तिको लाश फेला परेको छ। तर, लाशको पहिचान भने हुन सकेको छैन।

About Author

Advertisement