मदारीहाट: डुवर्सको चियाबारीमा फेरि एउटा चितुवा खोरमा फँस्यो। प्राप्त जानकारी अनुसार अलिपुरद्वार जिल्लाको मदारीहाट वीरपाडा ब्लकको रामझोडा चिया बगानको खण्ड १४ मा वन विभागले थापेको खोरमा आज सोमबार बिहान स्थानीय मानिसहरूले एउटा चितुवालाई फँसेको देखे। यसपछि तिनीहरूले वन विभागलाई यो बारेमा खबर गरेपछि वन विभागका कर्मचारीहरू घटनास्थलमा आएर खोरमा थुनिएको चितुवालाई उद्धार गरेर लगे। यस सम्बन्धमा स्थानीय वन कर्मीहरूले बताए अनुसार गत केही दिनदेखि चियाबारीमा चितुवाले आक्रमण गरेका घटनाहरू बढिरहेकाले विशेष गरेर चिया श्रमिकहरू त्रसित बनेका थिए। त्यसपछि वन विभागले चितुवालाई समात्नको लागि एउटा खोर राखेको थियो। अर्कोतिर, चितुवा खोरमा परेपछि वन विभागका कर्मीहरूले त्यसलाई अन्य जंगलमा लगेर सुरक्षित छोडीदिने बताए पछि स्थानीय चिया श्रमिकहरूले राहतको श्वास फेरेका छन्।









