रास मेलामा ड्युटी गरेर फर्किरहेको समय पुलिस बस दुर्घटनाग्रस्त, धेरैजना घाइते

Screenshot_20231218_150406_Samsung-Internet.jpg

काेचबिहार: रास मेलामा ड्युटी सकेपछि घर फर्किरहेको समय काेचबिहारको घोक्साडाङ्गा इलाकामा पुलिस बस दुर्घटनाग्रस्त हुँदा धेरैजना पुलिसकर्मी घाइते भएका छन्। घाइतेहरूमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार काेचबिहारको रास मेलामा ड्युटी गरेपछि पुलिसको एउटा बस हिजो राति कालेबुङ फर्किरहेको समय घोक्साडाङ्गा आमबारी इलाकामा बस अनियन्त्रित भएर सडकमा रोकेर राखेको एउटा पिकअप भ्यानलाई पछिल्तिरबाट धक्का दिएपछि बस सडक किनारको जलाशयमा पस्दा धेरैजना पुलिसकर्मी घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगिएको छ भने तीमध्ये तीनजना पुलिस कर्मीको गम्भीर अवस्थामा अस्पतालमा उपचार चलिरहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement