राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि तीन राज्यको भ्रमणमा

Draupadi-Murmu-1

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले आजदेखि २३ दिसम्बरसम्म पश्चिम बंगाल, तेलंगाना र राजस्थानको भ्रमण गर्नेछिन्। राष्ट्रपति भवनले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ,  राष्ट्रपति मुर्मुले १८ दिसम्बर अर्थात आज पश्चिम बंगालको आईआईटी खड़गपुरको ६९औं दीक्षान्त समारोहमा भाग लिनेछिन्। त्यसपछि उनी तेलंगानाको सिकन्दराबादस्थित राष्ट्रपति निलयम पुग्नेछिन्। उनी १९ डिसेम्बरमा हैदरावाद पब्लिक स्कूल सोसाइटीको शताब्दी समारोहमा सहभागी हुनेछिन्। विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले २० दिसम्बरमा तेलंगानाको पोचमपल्लीमा ह्यान्डलूम र स्पिनिङ युनिटका साथै कपडा मन्त्रालयको थिम प्याभिलियनको भ्रमण गर्नेछिन्। यस अवसरमा उनले बुनकरहरूसँग अन्तरक्रिया पनि गर्नेछिन्। सोही दिन, उनी सिकन्दराबादमा एमएनआर शैक्षिक ट्रस्टको स्वर्ण जयन्ती समारोहमा पनि सहभागी हुनेछिन्। २१ दिसम्बरमा राष्ट्रपति मुर्मुले राष्ट्रपति निलयममा विभिन्न परियोजनाहरूको उद्घाटन गर्नेछिन्। उनले २२ दिसम्बरमा राज्यका प्रमुख नागरिक र शिक्षाविद् आदि लगायत विशिष्ट व्यक्तिहरूका लागि राष्ट्रपति निलयममा गृह स्वागत समारोह आयोजना गर्नेछिन्। २३ दिसम्बरमा राष्ट्रपतिले राजस्थानको पोखरणमा प्रत्यक्ष फायरिङ अभ्यास हेर्नेछिन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement