लाडुपले समाए हाम्रो पार्टीको झण्डा

IMG-20220723-WA0183.jpg

दार्जीलिङ: गोर्खा जातिको जातिया अस्मिता बचाउँने हाम्रो पार्टी अन्तिम अवसर हो, यस अवसरलाई तपाई हामीले गुमाउँनु हुँदैन भन्ने आहवान गर्दै लाडुप घिसिङले समाए हाम्रो पार्टीको झण्डा। दार्जीलिङको माल रोड स्थित पी कोठी हाम्रो पार्टीको कार्यालयमा लाडुप घिसिङले पार्टीको झण्डा समाए। यस अवधि हाम्रो पार्टीको मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामा विशेष रूपमा उपस्थित रहेका थिए। लाडुप घिसिङलाई पार्टी अध्यक्ष अजय एडवार्डसले खदा लगाएर पार्टीमा स्वागत जनाए। लाडुप घिसिङले हाम्रो पार्टीको झण्डा समाएपछि गोर्खा जातिको जातीया अस्मिता बचाउँने हाम्रो पार्टी अन्तिम अवसर रहेको तिनले बताए। तिनले अघि भने विगत धेरै दिनदेखि गोर्खा एकताको जो कुरा आफुले गर्दै आइरहेको जानकारी गराउँदै आफ्नो उक्त गोर्खा एकताको वयानलाई धेरैले आ आफ्नो प्रकारले सोचेका थिए तर भारतीय गोर्खालाई एकबद्व बनाएर गोर्खा जातिको जातीया अस्मिता बचाउँने हाम्रो पार्टी अन्तिम विकल्प एंव अन्तिम अवसर रहेको घिसिङले दोहोराए। तिनले अघि भने हामीले हाम्रो भाषा पायौं अब गोर्खा जातीयाको जातीया अस्मिताको लागि समस्त गोर्खा समुदाय एकबद्व हुन पर्छ भन्ने घिसिङले आहवान गऱ्यो। दार्जीलिङ पहाड एंव गोर्खाहरूको इतिहासलाई पल्टाएर हेरयौ भने हामीले पाउनु भन्दा धेर गुमाएका छौ भन्ने धिसिङले बताए।हामीले गुमाउँदा गुमाउँदा अब तूरिन लागेको अवस्थामा पूगेको सचेत जमातले सोचेको छ,त्यो सोच यहाँ एकबद्व हुन आइरहेको घिसिङले बताए। यो एकबद्व भएका सचेत जमातहरूलाई कसैले पनि गलत नसोच्ने अनुरोध गर्दै यो सेचत जमातको सामुहिक विचार हो भन्ने तिनले बताए।यो सचेत जमातहरूको समुहले अब पहाड बचाउँ, जाति बचाउँको अभियानलाई निरन्तरता दिनेछ साथै गोर्खा जातिको जातिया अस्मितालाई कसरी बचाएर लाने हो यसमाथि काम गर्नेछ भन्ने बताउँदै लाडुप घिसिङले गोर्खा जातिको जातीया अस्मिता बचाई राख्न हाम्रो पार्टी अन्तिम अवसर रहेको तिनले दोहोराए।

तिनले अझ भने, यो अन्तिम क्षणमा पनि हामीले गोर्खा जातिको जातीया अस्मिताको निम्ति केही गर्न सकेनौ भन्ने भावी सन्तानले हामीलाई थुक्नेछ भन्ने घिसिङले बताए।तिनले अझ भने हामी अरूको आर्शिबादमा मात्र बाच्ने प्रयास गर्नु हुदैन,हामीले हाम्रो जातिको लागि केही गरेर देखाउनु सक्नु पर्छ भन्ने लाडुप घिसिङले आहवान गरयो।विगतका गोर्खाल्याण्ड आन्दोलनमा लाडुप घिसिङ जेल पनि गएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *