बलाबास खोलामा नयाँ पूलको लागि शिलान्यास

IMG-20231217-WA0192

दार्जीलिङ: ब्रिटिसकालिन बलाबास पूल निर्माण गर्ने वचन हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्सले स्थानीय समाजहरूको सहयोगमा निर्माण गर्ने वचन दिएका थिए। आफ्नो वचनलाई पूरा गर्दै अजय एडवाडर्सले नयाँ पूलको शिलान्यास राख्ने कार्य गरेको बताइएको छ।

यस शिलान्यास कार्यक्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित थिए भने पार्टीका महासचिव फुर्तेम्बा भोटिया, सभासद तथा हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता प्रतीम सुब्बा, हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता विमल झावर, सभासद जितेन राई, नगरपार्षद गोपाल परियार, हाम्रो पार्टी श्रमिक संगठनका केन्द्रीय अध्यक्ष डीके गुरूङ, राजु सुब्बा आदि उपस्थित थिए। यसैक्रममा सभासद प्रतीम सुब्बाको बाहुलीबाटपूलको आधारशीला राखियो। बिजनबारी ब्लक सबैभन्दा ठूलो ब्लक भएको हुनाले सिंगताम चियाबारी, चुङथुङ चियाबारी र सोम चियाबारीको फेद बलाबास खोलाको पूल भएर बिजनबारी जाने गरेको बताइएको छl


About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement