चिमनी देवराली ग्राम पञ्चायतमा सम्बर्ध्दना कार्यक्रम

IMG-20231217-WA0213.jpg

पाँच वर्ष यस क्षेत्रको विकासको लागि राम्ररी काम गर्नेछौं: सभासद श्याम शेर्पा

खरसाङ: खरसाङ देवराली समष्टीको चिमनी देवराली ग्राम पञ्चायतद्वारा सम्बर्ध्दना कार्यक्रम सम्पन्न गरेको छ। उक्त सम्बर्ध्दना कार्यक्रम २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाको मुख्य आतिथ्य र विशेष उपस्थितिमा सम्पन्न भएको छ। उक्त सम्बर्ध्दना कार्यक्रम अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको पूर्व प्रधान स्व जेबी मोक्तानको परिवारलाई सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै चिमनी देवराली ग्राम पञ्चायतलाई जमीन दान गर्ने स्व बीडी राईको परिवारलाई पनि सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै अवकाशप्राप्त पञ्चायत कर्मी लिला खवासलाई सम्बर्ध्दना जनाउँदै बिदाई पनि जनाइएको छ। उक्त कार्यक्रममा सभासद श्याम शेर्पा लगायत चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत प्रधान बिमल तामाङ, उप प्रधान अनुपा सुब्बा, पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्यहरू दिपेश थापा क सिमा थापा, पञ्चायतको ईए सिमला लामा साथै स्थानीय समाजको प्रतिनिधिहकू उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथिको रूपमा सम्बोधव गर्दै सभासद श्याम शेर्पाले हामी धेरै समस्याहरू समाधान गर्ने कोशिष गरिरहेका छौं र पञ्चायत क्षेत्रमा विकासको लागि सबैले सहयोग गर्नुपर्छ भनी बताए। उनले विकासको लागि सबैको सहयोग र सल्लाहको आवश्यकता छ र ठूलाहरूको मार्ग दर्शनको आवश्यकता छ भन्दै हामी मिलेर काम गर्नेछौं भनी बताए।

सभासद शेर्पाले भने, ‘यस क्षेत्रको विकासको लागि सानो ठूलो होइन, हार जीतको कुरा अाउँदैन तर विकासक लागि सबैजना मिलेर अघि बढ्नुपर्छ। विगतमा यस क्षेत्र विकासमा छोडिएको छ तर विगतमा के भयो त्यो कुरा छोडेर अहिले यस क्षेत्रको विकासको लागि सबै मिलेर अघि बढ़ौं।’ सभासद श्याम शेर्पाले अघि भने, ‘हामी खाँदैनौं र खानु पनि दिदैनौं। तर पाँच वर्ष यस क्षेत्रको विकासको लागि राम्ररी काम गर्नेछौ र यसको लागि सबैको साथ र सहयोगको चाहिन्छ।’

About Author

Advertisement