मङपू: सन् १९९७ सालमा स्थापित भएको मङपूको शैक्षिक संस्थान सन्तमंगल एकाडेमीको वार्षिक कार्यक्रम साथै विद्यालयका विद्यार्थीहरुको परिणाम वितरण समारोह शिक्षक श्याम सिङगौरेको अध्यक्षतामा आज रबिन्द्र भवनमा सम्पन्न भयो। विद्यालयका शिक्षकहरु र विद्यार्थीहरूले संचालन गरेको समारोहमा नर्सरीका विद्यार्थीहरुले राईम्स, गीत, मारुनी नृत्य विभिन्न सांस्कृतिक गीतहरूका साथमा अनेकतामा एकता, अनि फेसन सो प्रस्तुत गरे।
यस वर्षको जूनियर स्कूल टपर ९९-१% लिएर इभा तामाङ अनि हर्षित गुरुङ प्रथम श्रेणी, अनि हाई स्कूल तहमा एयरमिना लकन्द्री ९३.९% लिएर लगातार दोस्रो वर्ष पनि स्कूल टपर बनिन्। यी टपर विद्यार्थीहरुले आउँदो शैक्षिक सत्रमा छात्रवृत्ति पाउनेछन्। कार्यक्रमको अन्त्यमा विधालयका प्राचार्य मन्जीत थापा अनि सभापति श्याम सिङगौरेले वक्तव्य प्रस्तुत गरे भने समारोहका अतिथिगण हरिलाल छेत्री हिलएन्जल्स एक्डामीका प्राचार्य मनोज मोक्तान अनि दिलीप शर्माको बाहुलीबाट विधालयका नानीहरूलाई विभिन्न क्षेत्रमा टपर हुने नानीहरूलाईपारितोषिक वितरण गरियो। यस बर्षको स्टुडेन्ट अफ दि इयर अदिति थापा नवौं श्रेणीलाई प्रदान गरियो।










