गान्तोक: आगामी २१ दिसम्बरको दिन पालन गरिने १५औं रोलु दिवस तयारीलाई लिएर राज्यका मुख्यमन्त्री एवम् एसकेएम पार्टीका अध्यक्ष प्रेमसिंह तामाङको निर्देश बमोजिम आज राज्यस्तरीय युवा प्रकोष्ठको एक महत्वपूर्ण समन्वय सभा रोलुमा सम्पन्न भयो।
उक्त सभाको अध्यक्षता पार्टीका सेक्रेटेरी जनरल अरूण उप्रेतीले गरेका थिए,जसमा पार्टीका विभिन्न प्रकोष्ठका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सभा शुरू हुन भन्दाअघि पार्टीका प्रचार प्रचार महासचिव बीपी भण्डारीको निधनप्रति दुई मिनटको मौन धारण गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। उल्लेखनीय छ, भण्डारीको निधन हिजो नयाँ दिल्लीको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। रोलु दिवसलाई सफल तुल्याउनको निम्ति प्रत्येक स्वयंसेवकको भूमिका साथै महत्त्वमाथि जोड दिँदै सबै सदस्यहरूलाई विभिन्न कार्यभार सुम्पियो।
बैठकमा २१ दिसम्बरमा सम्पन्न हुने रोलु दिवसको कार्यक्रम र योजनाहरूबारेमा पनि विस्तृतरूपमा छलफल गरिएको बताइएको छ। बैठकमा पार्टीका युवा प्रकोष्ठलाई एकत्रित गर्दै पार्टीलाई अझ सशक्त बनाउनेबारे जानकारी गराइयो।










