गान्तोक: तीन दिनको वनारस भ्रमण पछि आज राज्यका मुख्यमन्त्री प्रेम सिंह सिक्किम फर्किएका छन्। राज्य फर्किने क्रममा उनले पश्चिम बंगालको बागडुग्रा हवाइ अड्डामा सिलगढीको प्रोटोकलका सदस्यहरू स्वागत जनाइयो। मुख्यमन्त्री तामाङसँग मन्त्री बीएस पन्त, मन्त्री विष्णु कुमार खतिवडा पनि सामेल रहेका थिए। उल्लेखनीय छ, राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले उत्तर प्रदेशको वारणसीमा हिजो इन्द्रकिल भवनको उदघाटन गरेका थिए भने सो कार्यक्रममा उपस्थिति जनाउ राज्यका मुख्यमन्त्री पनि पुगेका थिए। मुख्यमन्त्री तामाङ लगायत अन्य सन्तहरूको उपस्थितिमा राज्यपालले इन्द्रकिल भवनको उदघाटन गर्दै राज्यका गरीब जनताको नाममा समर्पित गरेका छन्। राज्यबाट वाराणसी घुम्न जाने मानिसहरूले उक्त भवनमा बस्न सक्ने मुख्यमन्त्रीले अगावै जानकारी सकेका छन्।










