नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार सूरतमा अन्तरराष्ट्रिय हीरा औ आभूषण व्यवसायको लागि सबैभन्दा ठूलो आधुनिक केन्द्र सूरत डायमण्ड बोर्सको उद्घाटन गरे।
यस अवधि कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, सूरत डायमण्ड बोर्स मोदीको ग्यारण्टीको परिणाम हो। प्रधानमन्त्रीले भने, अब मोदीले देशलाई ग्यारण्टी दिएको छ कि आफ्नो तेस्रो कार्यकालमा भारत दुनियाँको टप-३ इकोनमीमा सामेल हुनेछ।
प्रधानमन्त्रीले बताए, वर्ष २०१४ मा विश्व डायमण्ड कन्फ्रेन्समा उनले विशेष अधिसूचित क्षेत्र (एसएनजेड) बनाउने सपना अघि राखेका थिए। अब सूरत डायमण्ड बोर्सको माध्यमबाट यो सपना साकार भएको छ। यसलाई मोदी ग्यारण्टीसित जोड़्दै प्रधानमन्त्रीले भने, उनको पछिल्लो दुई कार्यकालमा देशको अर्थव्यवस्था १०औं देखि ५औं स्थानमा पुगेको छ। उनको ग्यारण्टी छ, आगामी कार्यकालमा यो पाँचैदेखि तेस्रो स्थानमा पुग्नेछ। यसमा एक्सपोर्टको ठूलो योगदान रहनेछ। यसको लागि प्रधानमन्त्रीले सूरत डायमण्ड र आभूषण उद्योगलाई आफ्नो निर्यात लक्ष्य बढ़ाउने अपील गरे।
प्रधानमन्त्री मोदीले भने, सूरतको डायमण्ड उद्योगले पहिलादेखि नै आठ लाख मानिसहरूला रोजगार दिँदै आएको छ। अब सूरत डायमण्ड बोर्सले पनि १.५ लाख मानिसहरूलाई रोजगार दिनेछ। एक समयमा सूरतलाई ‘सन सिटी’ कहलाइन्थ्यो भने अहिल यहाँका मानिसहरूले आफ्नो परिश्रमले यसलाई डायमण्ड सिटी बनाएका छन्, सिल्क सिटी बनाएका छन्। तपाईहरू सबैले अझ मेहनत गरेर सूरतलाई ब्रिज सिटी बनाउनु भयो। आज लाखौं युवाहरूको लागि सूरत ड्रीम सीटी भएको छ। अब सूरत आईटीको क्षेत्रमा पनि अघि बढ़िरहेको छ।
उल्लेखनीय छ, डायमण्ड बोर्स अन्तरराष्ट्रिय हीरा औ आभूषण व्यापारको लागि विश्वकै सबैभन्दा ठूलो र आधुनिक केन्द्र हुनेछ। यो काँचो अनि पलिश गरिएको हीरासँगसँगै आभूषणहरूको एक वैश्विक केन्द्र हुनेछ। आयात-निर्यातको लागि एक्सचेञ्जमा अत्याधुनिक ‘सीमा शुल्क निकासी गृह’, खुदरा आभूषण व्यवसायको लागि आभूषण मल और अन्तरराष्ट्रिय ब्याङ्किङग तथा सुरक्षित वल्टको सुविधा यसमा सामेल हुनेछ।
यसको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, सूरत डायमण्ड बोर्सले भारतीय डिजाइनर, भारतीय सामग्री और भारतीय अवधारणाहरूको क्षमतालाई प्रदर्शित गर्दछ। यो नयाँ भारतको नयाँ शक्ति, नयाँ सङ्कल्पको प्रतीक हो।









