मङपू: अगमसिंह निम्न उच्च माध्यमिक विधलायमा वाङदी शेर्पाको अध्यक्षता वार्षिक कार्यक्रम एवं पारितोषिक वितरण समारोह सप्पन्न भयो। विद्यालयका शिक्षक सञ्जय राईले संचालन गरेको समारोहमा विद्यार्थीहरुले गीत नृत्य आदि प्रस्तुत गरे। कार्यक्रम गत वर्ष माध्यमिकमा मङपू टपर बनेका यसै विधालयका छात्र दा-छिरिङ शेर्पालाई प्रधानअध्यपक रुपास बम्जनले स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाए। अतिथिगण सुभद्र बम्जन, दीप थापा, रीमा राई,बिशाल राई आदिले कार्यक्रममा सम्बोधन गर्दै अब्बल दर्जामा उतिर्ण हुने विद्यार्थीहरुलाई परितोषिक एवं परिणाम वितरण गरियो।











