इण्डिपेण्डेन्स कपः कात्यानी जीम एफसी र एलजीएससी खप्रेल दोस्रो राउण्डमा

IMG_20220723_205743.jpg

२३ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो म्याचमा कात्यानी जीम एफसी-ले निगाले एफसी (मिरिक)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट भाइचुङ राईले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा एलजीएससी खप्रेलले जाबरा एफसी-लाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा एलजीएससी-बाट अमितले ५२औं मिनट र जाबरा एफसीबाट दिपांकरले सातौं मिनटमा गोल गरे। भोलि खेलिने म्याचमा लालपूल एफसी र बुङकुलुङ एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement