कोलकता: शनिबार राज्य मन्त्री पार्थ चटर्जीको पक्राउपछि, साँझ तृणमूल भवनमा तृणमूलको तर्फबाट पत्रकार सम्मेलन गरिएको थियो। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तृणमूलका प्रवक्ता कुणाल घोषले भने, तृणमूललाई कानून र व्यवस्थामा पूर्ण विश्वास छ। उनले महिला (अर्पिता मुखर्जी) को घरबाट उद्धार भएको रुपियाँसँग पार्टीको कुनै सरोकार नभएको पनि बताए।