२२ दिसम्बरसम्म भाजपाले गोर्खाहरूको लागि केही नगरे बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले राजीनामा दिने

IMG-20231217-WA0164.jpg

खरसाङ: भारतीय जनता पार्टीले यस शीतकालीन सत्रको अन्तिम दिन २२ दिसम्बरसम्म पनि गोर्खाहरुको लागि केही गरेन भने भारतीय जनता पार्टीबाट खरसाङको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे भारतीय जनता पार्टीबाट राजीनामा दिने भएको छ। आज खरसाङमा पत्रकारहरुसित कुराकानी गर्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले २२ दिसम्बरभित्रमा भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्र उल्लेख गरिए अनुसार गोर्खाहरूको लागि केही गरेन भने पार्टीले पूर्ण रूपमा छोड्ने बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरूको सपना मेरो सपना भने पनि अहिलेसम्म भाजपाले गोर्खाहरूको लागि केही नगरेको र अब २२ दिसम्बरभित्रमा पनि नगरेको खण्डमा आफुले त पार्टीबाट राजीनामा दिने नै तर पहाड़क सबैले भाजपालाई विश्वास गर्नु नहुने बताएका छन्। रिम्पोर्छेले भापाबाट राजीनामा दिएपछि कुन पार्टीमा जाने हो त्यो अहिले नै केही नसोचेको बताउँदै भाजपालाई आफुले पूर्ण रूपमा सहयोग गरेको तर केही नगरेकोले नै जनताले अब विश्वास गर्न नसक्ने बताए। उनले यसपालीको लोकसभा चुनावमा कसलाई सघाउने र चुनाव रणनीति के हुने हो त्यो अहिले नै नखुलाउने तर २२ दिसम्बरपछि नै निर्णय गर्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement