पद्मश्री लील बहादुर क्षेत्री लाई भारतीय गोरखा परिसंघ द्वारा लाइफ टाइम एचिभमेन्ट सम्मान

IMG-20231217-WA0158.jpg

गुवाहाटी: पद्मश्री पुरस्कार विजेता लील बहादुर क्षेत्रीलाई शनिबार उनको गुवाहाटी स्थित डा. बी. बरुआ रोड निवासमा भारतीय गोरखा परिसंघ, असम प्रदेश समितिले गोर्खा हरु को भाषा अनि साहित्य निरन्तर गरिआएको अतुलनीय योगदानको लागि लाइफटाइम अचीभमेन्ट सम्मान प्रदान गरेको छ। ९० वर्षको उमेरमा पनि साहित्य सेवा गर्दै जातिलाई मार्ग दर्शन दी आएको वरिष्ठ साहित्यकार लाई प्रदेश सभापति अमर अधिकारीको नेतृत्वमा परीसंघको शिष्ट प्रतिनिधिमण्डलले पद्मश्री लीलबहादुर क्षेत्रीलाई विशेष सम्मानपत्र, शाल, असमिया फूल बुट्टे गामुसा र पुष्पमालाले सम्मान गरेको थियो। शिष्ट मण्डलमा राष्ट्रिय कार्यकारी अध्यक्ष  नित्यानन्द उपाध्याय राष्ट्रिय संयुक्त महा सचिव प्रकाश दाहाल साथै प्रदेश मुल सचिव नन्द किराती देवान हुनु हुन्थ्यो। कामरूप (म) जिल्ला अध्यक्ष अमर लामा, महिला परिसंघ प्रदेश उपाध्यक्ष गोमा अधिकारी, सदस्य समिया सुब्बा र राष्ट्रिय पुरस्कार विजेता शिक्षिका तथा लेखिका मुन्नी सापकोटा  पनि उपस्थित थिए।

सम्मान ग्रहण गर्दै क्षेत्रीले ९० वर्षको उमेरमा पनि माया र सम्मान गरेकोमा कृतज्ञता व्यक्त गर्दै उनले परिसंघको ‘गोर्खा गौरव २०२० सम्मान’ गुवाहाटीमा पाएको स्मरण गर्दै परिसङ्घको सम्मान राष्ट्रका गोर्खाहरूको सम्मान भएको बताए। ‘गोर्खा गौरव २०२०’ उपाधिसँगै भारतीय गोरखा परिसंघको तर्फबाट लाइफटाइम अचिभमेन्ट अभिनन्दन विनम्रतापूर्वक स्वीकार गर्दछु र गोरखाको भाषा र साहित्यको संरक्षण र प्रवद्र्धनका लागि २०२२ मा स्थापना भएको लीलबहादुर क्षेत्री फाउण्डेशनमा सामेल हुन र सशक्त बन्न नेतृत्वलाई आग्रह गर्दछु’ प्रा. क्षेत्रीले बताउनुभयो। सान्दर्भिक छ, कुनै पनि क्षेत्रीय भिन्नताको पर्वाह नगरी नेपाली साहित्यका साहित्यिक प्रतिभालाई प्रोत्साहन गर्न पद्मश्री प्रा लीलबहादुर क्षेत्रीको सद्भावनामा ट्रस्ट गठन भएको हो।

प्रा. क्षेत्री भारतको आसामबाट नेपाली भाषामा प्रशंसित भारतीय गोर्खा लेखक हुन्। उनको पुस्तक ब्रह्मपुत्रको छाउ छाउका लागि साहित्य अकादमी पुरस्कार प्राप्त गरेका छन्।  २०२० मा, भारत सरकारले उनलाई साहित्य र शिक्षामा योगदानको लागि भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री प्रदान गर्‍यो। फेब्रुअरी २०२० मा गुवाहाटी, आसाममा आयोजित २०औँ राष्ट्रिय परिषद् बैठक २०२० मा भारतीय गोरखा परिसंघ (BGP) ले साहित्यिक प्रतिभालाई राष्ट्रिय मान्यता ‘ गोर्खा गौरव २०२०’ पुरस्कार प्रदान गर्‍यो जुन दिग्गज स्वयंले ग्रहण गरेका थिए। त्यस वर्ष पछि कोविड संकटको समयमा पद्मश्री घोषणा भयो जुन उनले २०२१ मा भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दबाट प्राप्त गरे। उनको अर्को पुस्तक ‘बसाई’ समाजको सामन्ती र तथाकथित उच्च वर्गको शोषणका कारण पीडित गरिब गाउँलेहरूको कथा हो। त्रिभुवन विश्वविद्यालय, काठमाडौंको पाठ्यक्रममा समावेश गरिएको छ। नेपाली साहित्य र भाषामा पुर्‍याएको योगदानका लागि क्षेत्रीलाई जगदम्बा श्री पुरस्कारबाट सम्मान गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement