गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

IMG-20231217-WA0134.jpg

दार्जीलिङले अहिलेसम्म किन न्याय पाएका छैनौं भन्दा हाम्रो चरित्रले गर्दा हो: एनबी छेत्री

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा आज गोर्खा जन पुस्तकालय खरसाङमा छैटौं अनुसूची दिवस पालन गरेको छ। गोरामुमोको संस्थापक अध्यक्ष सुवास घिसिङको तस्वीरमा दीप प्रज्वलन र माला लगाएर विभिन्न गोर्खा संस्कृतिक कार्यक्रमको आयोजना गरी छैटौं अनुसूची सम्झौता दिवस पालन गरेको छ। यस अवसरमा छैटौं अनुसूचीको औचित्यबारे वक्ताहरुले समारोहलाई जनाएका थिए। गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको अध्यक्षतामा राखिएको कार्यक्रमलाई भुपेन्द्र गुरुङले सञ्चालन गरेका थिए। आजको समारोहमा मुख्य अतिथिको रुपमा गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल एनबी छेत्री उपस्थित रहेका थिए। ब्राञ्च कमिटी अन्तर्गत पाँचवटा समष्टिका प्रतिनिधिवर्ग, भातृ संगठनका सम्पूर्ण प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ। प्रथम वक्ताको रुपमा आफ्नो वक्तव्य राख्दै खरसाङ ब्राञ्च कमिटी एचपीडब्ल्यु महासचिव बीरेन्द्र छेत्रीले भने, सत्यको लडाईमा गोरामुमोले १७ वर्ष सत्ता बाहिरा बसेर संघर्ष गर्‍यो। गोरामुमो अध्यक्ष मन घिसिङलाई धेरै सहुलियतहरु आएको हो तर उनले गोर्खा जातिको त्यो सबै सहुलियतहरु त्यागेको हो आज गोर्खा जातिको निम्ति कार्य गर्दैछ। जीटीए जस्तो ब्यवस्था थापेर आज पहाडको चियाबारीहरु लथालिङ्ग भएका छन्। यसको निम्ति भूमिको सुरक्षा हुनु जरुरी छ। भूमि सुरक्षाको निम्ति संस्थापक अध्यक्ष सुवास घिसिङले छैटौं अनुसूची ल्याएको हो। तर चाहिन्दैन भन्दै नाच्दा आज हाम्रो यस्तो दुर्गति भएको हो। यसै कारण अब हामीले संविधानभित्रको व्यवस्था भित्र्याउनुपर्छ। यसको निम्ति अध्यक्ष मन घिसिङको नेतृत्वमा गोरामुमोले कार्य गरिरहेका छन्। सुर्ताउनु पर्दैन भनी बिरेन्द्र छेत्रीले आफ्नो वक्तव्यको क्रममा भने।आफ्नो वक्तब्य राख्ने क्रममा एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राईले भने, हाम्रो चियाबारीमा बंगालको मुख्यमन्त्रीको नजर पर्दैछ भनेर मैले दुई वर्ष अगाडी भनेको थिए र आज पाँच डेसिमलको कुरा आयो। पहाडको राजनीति डामाडोल छ। आजभन्दा पन्ह्र वर्ष अगाडी पहाडको गौरव अर्कै थियो। सुवास घिसिङले तपाई र हाम्रो अधिकारको निम्ति लड्न सिकाएको हो। छैटौं अनुसूची भनेको सानो कुरा होइन स्थायी राजनैतिक समाधान त सुवास घिसिङले २००५ मा ल्याएको हो। देशको संविधानले जनजातिको निम्ति संस्कृति, परम्परा अनि जातिको सुरक्षाको निम्ति उत्तर पूर्वी राज्यहरुको निम्ति छैटौं अनुसूची अन्तर्गत संवैधानिक अधिकार दिएको हो। यदि आज छैटौं अनुसूची पहाडमा लागु भइदिएको भएको आज हाम्रो संस्कृति, परम्पराको सुरक्षा हुने थियो। तर आज हाम्रो संस्कृति लुप्त हुने अवस्थामा छ। २००७ मा छैटौं अनुसूची लागु भएको भए आज हाम्रो यस्तो अवस्था हुने थिएन। अब तपाईं हाम्रो सदबुद्धि आउनुपर्छ। हामीले नाचेर नै हाम्रो भाग्य बिगारेको हो। जतासुकै नाच्नु हुँदैन। छैटौं अनुसूचीको बिल अहिले पनि जीवित छ। हाम्रो केन्द्र सरकारप्रति पुर्ण आशावादी छौं जब हामी कुनै कुराको निम्ति लागि परेका हुन्छौं। तब हामी इमानदारीपूर्वक लागि पर्नुपर्छ। यसैकारण केन्द्र सरकारले हामीलाई चाढ़ै नै दिन्छ हामीले विश्वास साणचेका छौं। यसको निम्ति अध्यक्ष मन घिसिङद्वारा दिल्लीमा लागि परेका छन्। प्रमुख वक्ताको रुपमा बोल्दै केन्द्रीय समिति सेक्रेटरी जनरल एनबी छेत्रीले भने, दार्जीलिङले अहिलेसम्म किन न्याय पाएका छैनौं भन्दा हाम्रो चरित्रले गर्दा हो। पहाडमा क्रान्तिकारी परिवर्तन ल्याउने सुवास घिसिङ हुन् र उनले देखाएको बाटो नै सत्य हुन्।

गोरामुमोले दस्तावेजको आधारमा बोल्छ सुवास घिसिङले तयार पारेको दस्तावेजलाई अरुले सही भनेको थियो। तर हाम्रैहरुले त्यो दस्तावेजलाई आफ्नो स्वर्थको निम्ति विरोध गरे। सुवास घिसिङले अमृत ल्याइदिएको थियो। त्यो अमृत हाम्रो मुखमा पसेन तर त्यो अमृत आज गोर्खा जातिको मुखमा परेको भए आज हाम्रो स्तर कहाँ पुग्ने थियो। त्यो अमृतमा विधानपालिका, न्यायपालिका, आर्थिक ब्यवस्थापन सबै थियो डाडु पन्यु नै थियो तर त्यो सब गुमायौं। गोरामुमोले सत्य बोल्छ यसै कारण आज हरियो झण्डा टिकेको छ। बेहुली फकाउने कार्य गोरामुमोले दिल्लीमा गरिरहेका छन्। दार्जीलिङको चोक बजारमा बाघ जस्तो गर्जिने व्यक्ति दिल्लीमा गएर जीटीए भनेर करायो। यसको जिम्मेवार बिमल गुरुङ मात्र होइन तर बुद्धिजीवीहरु पनि जिम्मेवार हुन्। उनले आफ्नो वक्तव्यको क्रममा छैटौं अनुसूचीको औचित्यबारे सम्झाउणदै यसको बारेमा फैलाएको झुटो अफवाहबारे जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement