जोत्सेन डोमा लामा र मिलन सुब्बा बने पहिलो सिक्किम आइडलको बिजेता

IMG-20220519-WA0161.jpg

गान्तोक। हाम्रो वार्ता टोलिभिजनद्वारा आयोजित सिक्किम आइडल सिजन-१ को ग्राण्ड फिनाले हिजो राजधानीस्थित मनन केन्द्रमा भव्यरूपमा सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ रहेका थिए। गत वर्षदेखि शुरू भएको सिक्किम आइडलको अडिसन राउण्डमा तीन हजार भन्दा अधिक प्रतियोगिहरूले सहभागिता जनाएका थिए, जसमा फाइनलको निम्ति सिनियर र जुनियरवर्गबाट पाँच- पाँचजनालाई छनौट गरिएको थियो। फाइनलमा छनौट भएका पाँचजनाले आफ्नो प्रस्तुती दिएका थिए। सिनियरवर्गको फाइनलमा मनिष सुब्बा प्रथम बने भने मिलन विश्वकर्मा दोस्रो र इन्द्रलाल तामाङ तेस्रो भए। सोही प्रकारले जुनियरवर्गमा जोत्सेन डोमा लामा प्रथम भएकी थिइन् भने हिस्सो जाङपो गुरूङ दोस्रो र भविन राई तेस्रो बने। सिनियरवर्गमा पहिलो हुनेलाई २ लाख नगद, दोस्रोलाई १.५ लाख र तेस्रो हुनेलाई एक लाख प्रदान गरियो। सोही प्रकारले जुनियरवर्गमा प्रथम हुनेलाई १ लाख,दोस्रोलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार प्रदान गरियो। यसरी नै राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले टपटेनसम्मकालाई आफ्नो व्यक्तिगत तर्फबाट एक एक लाख प्रदान गरे। उक्त कार्यक्रममा अतिथि निर्णायककोरूपमा गायिका डेजी बराईली, संगीतकार चन्दन लम्जेल, पुष्पन प्रधान र गायिका शान्ति ठटाल रहेकी थिइन्। सोही प्रकारले भोइस अफ् नेपाल ऱ्यालीटी सो-का निर्देशक सुशिल नेपालको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement