सोरेङ स्कूलको अलुम्नीले स्कूललाई म्यूजिकल इन्सट्रुमेन्ट किन्न ३ लाख प्रदान

IMG-20220723-WA0171.jpg

गान्तोक: सोरेङ स्कूलको १९९२ ब्याच सहपाठीको तत्वावधानमा आज सोरेङ सरकारी वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा अभिनन्दन एवं स्पोन्सरसिप कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सोरेङ स्कूलको १९९२ ब्याच स्कूल अलुम्नीले स्कूललाई ब्यान्ड म्यूजिकल इन्सट्रुमेन्ट किन्नको निम्ति ३ लाख रुपियाँ प्रदान गरेको छ। कार्यक्रममा सेवानिवृत्त प्रधानाध्यापक दिनेश पेगा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस अवसरमा १९९२ ब्याच स्कूल अलुम्नीले सेवानिवृत्त प्रधानाध्यापक दिनेश पेगालाई अभिनन्दन जनायो। उनलाई २०१२ वर्षमा राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कारले सम्मानित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement