गान्तोक: राज्य सरकारको निर्देश बमोजिम मंगन नगर पञ्चायतको पहलमा राष्ट्रीय कार्यक्रम हर घर तिरङगालाई एक सचेतना कार्यक्रम आयोजना गरियो। यस असरमा व्यापारी समुदाय, सेल्फ हेल्प ग्रुप लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूलाई लिएर सम्प्नन भएको बैठकमा मुख्य अतिथिकोरूपमा मंगन नगर पञ्चायत अध्यक्ष नोर्कित लेप्चा रहेकी थिइन्। सभालाई सम्बोधन गर्दै एमइओ टेम्पो टाशी भोटियाले हर घर तिरङगा कार्यक्रम सफल तुल्याउनको निम्ति आग्रह गरे। सोही प्रकारले उनले एकल प्लास्टिक प्रयोगमाथि पनि स्पष्ट पार्दै सबैले आफ्नो घरमा तिरङ्गा झण्डा लगाउनु पर्ने अपील गरे।