बांग्लादेशकाे पहाड़मा भेटियो बन्दूक बनाउने फ्याक्ट्री, चार पक्राउ

whatsapp_image_2023-12-13_at_2.16.29_pm_0.jpeg

ढाका: बांग्लादेशमा सात जनवरीमा हुने आम चुनाउमा हिंसाको आशंकालाई ध्यानमा राख्दै शुरू गरिएको अभियान अवधि आरएबीले ठूलो सफलता हात पारेको छ। आरएबीले कक्स बजारको रामू उप जिल्ला अन्तर्गत इदगढ़को तुलाटाली क्षेत्रमा एउटा पहाड़भित्र हतियार बनाउने फ्याक्ट्री फेला पारेको छ।

यहॉंबाट चारजनालाई पक्राउ गरिएको छ भने आग्नेयास्त्रको निर्माणमा उपयोग गरिने सामग्री पनि जफत गरिएको छ।

बांग्लादेशको प्रमुख समाचार पत्र ढाका ट्रिब्यून अनुसार, चुनाउ आयोगको आदेशमा कानून प्रवर्तन एजेन्सीहरूले देशव्यापी अभियान शुरू गरेको छ। २३ दिवसीय यो अभियान २४ दिसम्बरमा पूरा हुनेछ। आरएबीको कम्बिङ अपरेशन अवधि यो सफलता हात लागेको हो। उक्त गिरोहले देशभरि हतियार आपूर्ति गर्ने गर्थ्यो।

आरएबी १५ कमाण्डर लेफ्टिनेन्ट कर्नल एचएम सजाद होआसिन अनुसार, उक्त अपराधी गिरोहले लामो समयदेखि अवैध रूपमा आग्नेयास्त्रहरूको निर्माण गरेर बदमाशहरूलाई बिक्री गरिरहेको थियो। यो कारखाना सुदूर पहाड़मा अवस्थित थियो। उनीहरू सूचना पाउनसाथ जंगलमा भाग्ने गर्थे। प्राथमिक सोधपुछमा पक्रा पर्ने व्यक्तिहरूले उनका पिता र काका पनि अवैध आग्नेयास्त्रहरूको निर्माण र बिक्रीमा सामेल रहेको कुरा स्वीकार गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *