द्वारे सरकार क्याम्पमा बिजुली बिलमा ५० प्रतिशतको छुट

Untitled-11-1024x576.jpg

सिलगढी: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मानिसहरूको सुविधाको लागि हिजो शुक्रबारदेखि ‘द्वारे सरकार‘ क्याम्प शुरू गरेको छ। यसपल्ट द्वारे सरकार क्याम्पमा राज्य सरकारले मानिसहरूको लागि एउटा नयाँ स्किम ल्याएको छ। यस नयाँ स्किम अन्तर्गत द्वारे सरकार क्याम्पमा बिजुलीको बिलमा ५० प्रतिशत छुट दिएको छ। स्मरण रहोस्, २०१८ भन्दा अघि बिजुलीको बिल नतिरेका मानिसहरूले द्वारे सरकार क्याम्पमा आएर सम्पर्क गर्न सक्नेछन्। द्वारे सरकार क्याम्पमा बकाया बिलको मात्र ५० प्रतिशत भुक्तान गर्नुपर्नेछ। राज्य सरकारले बकाया बिलको आधा अनि इन्ट्रेस्ट सबै माफ गरिदिएको छ। आज सिलगढी नगरनिगमको ४६ नम्बर वार्डका पार्षद दिलीप बर्मनले क्याम्पमा आएका मानिसहरूलाई यस स्किमबारे जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement