गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएम पार्टीका संस्थापक सदस्य एवं प्रचार-प्रसार महासचिव बीपी भण्डारीको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत स्वर्गीय भण्डारीको आत्मशान्तिको कामना गरेका छन्। मुख्यमन्त्री तामाङले स्वर्गीय भण्डारीको समर्पित सेवा, विशेष गरी पार्टीको प्रारम्भिक चरणमा महत्वपूर्ण योगदान सधैं स्मरणीय रहनेछ भनी बताएका छन्। उनले यस कठिन समयमा उहाँको परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरेका छन्।