गान्तोक: नाम्चीस्थित भाइचुङ स्टेडियममा आयोजित नाम्ची सुपर लिग फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनल खेल आज सम्पन्न भयो। आजको पहिलो सेमीफाइनल खेल चाइल्डवुड एफसी बनाम चिसोपानी एफसीबीच भीडन्त भएको थियो। आजको यस प्रतियोगितामा चाइल्डवुड एफसी बिजयी बन्यो। यस कार्यक्रममा जोरथाङ नयाँ बजार नगर पालिकाका अध्यक्ष पबित्र मानव रहेका थिए भने विशिष्ट अतिथिमा न्यू लाइट एकादमीका प्राचार्य लोब्जाङ लामा थिए। आइतबार दोस्रो सेमीफाइनल खेल सम्पन्न हुने आयोजक समितिले जानकारी गराएको छ भने उक्त खेलरेड पाण्डा एफसी बनाम राभाङला एफसीबीच हुने भएको छ। यसरी नै फाइनल खेल आगामी २६ जुलाईको दिन हुने थप जानकारी गराएको छ।