बांग्लादेशको ५३औं विजय दिवसमा फुलबाडीमा संयुक्त रिट्रीट परेड

c42ec93e-9c81-49c9-bc27-200178a72cb5-1024x576.jpg

सिलगढी: बांग्लादेशको ५३औं विजय दिवसको अवसरमा सीमा सुरक्षा बल र बर्डर गार्ड बांग्लादेशले संयुक्त रूपमा आईसीपी फुलबाडीमा संयुक्त रिट्रीट परेडको आयोजन गरे।

बीएसएफ उत्तर बंगाल फ्रण्टियर महानिरीक्षक सूर्यकान्त शर्मा र बीजीबी उत्तर पश्चिम अतिरिक्त महानिदेशक खंडकेर सफीकुज्जमानले सुंयक्त रूपमा रिट्रीट कार्यक्रमको शुरूवात गरे। रिट्रीट सेरेमनी अवधि बीएसएफ जज ब्याण्ड र ब्रास ब्याण्डले पनि प्रदर्शन गरे।

यस अवसरमा स्थानीय निवासी, बीएसएफ र बीजीबी अधिकारी, सीमा प्रहरीका नानीहरू र विद्यार्थीहरू रिट्रीट समारोहको साक्षी बने। यस अवसरमा महानिरीक्षक सूर्यकान्त शर्माले भने, यो वास्तवमा एक महत्वपूर्ण समय हो र हामी रिट्रीट समारोह हेरिरहेका छौ।

बीजीबी उत्तर पश्चिम अतिरिक्त महानिदेशक खण्डकेर सफीकुज्जमानले बीएसएफप्रति आभार व्यक्त गर्दै बांग्लादेशको ५३औं विजय दिवसलाई स्मरणीय बनाउन आईसीपी फुलबाडीमा रिट्रीट परेडमा भाग लिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement