नयाँ दिल्ली: केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले भनेकी छन्, केन्द्र सरकारले आगामी वर्ष २०२४मा हुने जनगणनापछि महिला आरक्षण कानून लागू गर्नका लागि कदम उठाउनेछ।
सीतारमण गए शुक्रवारदेखि कर्णाटक र केरलको दुई दिवसीय भ्रमणमा छन्।
केन्द्रिय वित्तमन्त्रीले कर्णाटकको दक्षिण कन्नड़ जिल्ला अधिनस्थ मुडबिदरीमा शुक्रवार सम्पन्न एक कार्यक्रममा रानी अब्बक्काको नाममा स्मारक डाक टिकट जारी गरिन्। उनले भनिन, महिला आरक्षण अब यथार्थ भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र निर्माणमा महिलाहरूको भूमिकामाथि सदैव विश्वास गर्दै आएका छन्।
वित्तमन्त्रीले १६औं शताब्दिकी रानी अब्बक्काको साहस औ वीरताको सराहना गर्दै भनिन्, केन्द्र सरकारले विदेशी शक्तिहरूविरूद्ध लड़्ने अज्ञात सेनानीहरूको योगदानलाई पहिचान दिनका लागि धेरैवटा कदम उठाएको छ। उनले आशा व्यक्त गरिन्, तटीय कर्णाटकमा रानी अब्बक्काको नाममा एउटा सैनिक स्कूल खोलिनेछ। सीतारमणले स्मारक डाक टिकटको निम्ति प्रयोग गरिने रानी अब्बक्काको चित्र बनाएकोमा कलाकार वासुदेव कामतलाई बधाई दिइन्।