१५औं रोलु दिवस तयारीलाई लिएर तेस्रो समन्वय सभा सम्पन्न

IMG-20231216-WA0154.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आगामी २१ दिसम्बरको दिन पालन गर्ने १५औं रोलु दिवसको तयारीलाई लिएर आज पार्टीका महासचिव एवं सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेतीको अध्यक्षतामा रोलु परिसरमा तोस्रो समन्वय सभा सम्पन्न भयो।

आजको सभामा मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, मुख्यमन्त्रीका प्रेस सचिव, अतिरिक्त राजनीतिक सचिव, विभिन्न बोर्ड साथै विभागका अध्यक्षगण, सल्लाहकारगण अनि पार्टीको शिर्ष नेतृत्वहरूको उपस्तिति रहेको थियो। आजको समनव्य सभामा कार्यक्रमलाई भव्यतासँग सफल बनाउनको निम्ति विभिन्न विषहरूबारे चर्चा परिचर्चा गरियो। ज्ञात रहोस्, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले वर्ष २००९ देखिनै २१ दिसम्बरलाई रोलु दिवसकोरुपमा पालन गर्दै आइरहेको छ। यहाँबाट नै वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले व्यवस्था परिवर्तनको शंखघोष गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement