गान्तोक: वाराणसीको आधिकारिक भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान त्यहाँ अध्ययनरत राज्यका २० जना विद्यार्थीसँग भेट गरे। भेट अवधि मुख्यमन्त्री तामाङले अध्ययनको क्रममा उनीहरूले भोगिरहेका विभिन्न प्रकारका समस्याहरूबारे जानकारी लिँदै राज्य सरकारको तर्फबाट सहयोग पुऱ्याउने आश्वासन दिए। विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री तामाङले राज्य सरकारले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको जानकारी गराए। उनले राज्यमा संस्कृत विषयका शिक्षकहरूलाई अन्य शिक्षकहरूसरह वेतन प्रदान गरिन्दै आएको पनि उनले अवगत गराए। उनले सबै विद्यार्थीहरूलाई राम्रोसँग शिक्षा आर्जन गरेर सिक्किमको नामलाई विश्वमानै रोशन गर्ने पनि परामर्श दिए। यस अवधि उनीसँग मन्त्री विष्णु कुमार खतिवड़ा, मन्त्री बीएस पन्त पनि सामेल रहेका थिए।