आहोमा आयोजित दुई दिवसीय चासोक तोङनामको समापन

IMG-20231216-WA0155.jpg

वर्तमान सरकारको काम बोल्ने गर्छः विधायक शर्मा

गान्तोक: पाकिम जिल्ला अन्तर्गत अप्पर आहोमा जिल्लास्तरीय दुई दिवसीय चासोक तोङनाम भव्यरूपमा पालन गरियो। आहो युमा माङखिम समिति, आहो याङतामको पहलमा आयोजित दुई दिवसीय कार्यक्रममा राज्यमा सामाजिक न्याया एवम कल्याण विभाग मन्त्री सञ्जीत खरेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिए भने विशिष्ट अतिथिकोरूपमा आवकारी विभागका सल्लाहकार गाजा भोटिया रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक शर्माले राज्यका लिम्बू समुदायले धेरै वर्ष अघिदेखि यो पर्व पालन गर्दै आइरहेको थियो। यस भन्दा अघि यो पर्व सरसमा नजिक खेतमा पालन गरिन्थ्यो। तर यस वर्ष भने अप्पर आहोमा पालन गरिएको बताए। पहिला पहिला कुनै पनि कार्यक्रम आयोजना गर्दा पार्टी हेरिने गर्थ्यो तर एसकेएम पार्टी सरकारमा आएपछि सबै समुदायले स्वतन्त्रतारूपमा आफ्नो पर्व पालन गर्न पाएको अवगत गराए। वर्ष २०२२ देखि वर्तमान सरकारले लिम्बू समुदायको पर्वलाई ध्यानमा राख्दै छुट्टी अर्थात विदाको घोषणा गरिएकोमा सबैजना मुख्यमन्त्री प्रति आभार हुनुपर्ने सुझाउ दिएका छन्। हाल संसारमा ७१३९ वटा भाषा बोलिने गरेको बताउँदै यस भन्दा संसारमा धेरै भाषा बोलिने गर्थ्यो तर भाषाको संरक्षण नभएको कारण धेरै भाषा विलुप्त भएर गएको विधायक शर्माले दावी गरे। कुनै पनि समुदायले आफ्नो पर्व डराई डराई पालन गर्नु पर्ने स्थिति नरहेको र सबैलाई खुल्लारूपमा आफ्नो पर्व पालन गर्ने वर्तमान सरकारले वातावरण सृजना गरेको जानकारी गराए।आफ्नो संस्कृतिको संरक्षण गर्न वर्तमानका युवा पीढि अघि आउनु पर्ने उनले आग्रह गरे। एसकेएम पार्टीको काम बोल्ने गरेको उदाहरण दिँदै उनले आसम लिङेजेमा चार करोडको लागतमा सुब्बा भवनको निर्माण कार्य सञ्चालन भइरहेको अवगत गराए। यस भन्दा अघि पूर्व सरकारले सुब्बा भवनको निम्ति कुनै प्रकारको पहल नगरेको पनि उनले किटान गरे। वर्तमान सरकारले राज्यमा सबै गुम्बा, मस्जिद, चर्च र मन्दिरलाई पनि सरकारको तर्फबाट सबै प्रकारको सहयोग प्रदान गरिएके बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement