सिटोङ: आज सिटोङमा सिन्कोना एवं अन्य औषधीय पौद्दाहरु जीटीएको आयोजनामा दुई दिवासीय सुन्तला महोत्सव दोस्रो दिनको कार्यक्रम सप्पन्न भयो। समारोहका प्रमुख अतिथि हर्टीकल्चर विभागका मन्त्री (एमआईसी) अरुप रोय, एडिसनल प्रिन्सिपल सेक्रेटरी डा. सुब्रतो गुप्ता (आईएएस) जीटीए कार्यपाल अनित थापा, जोइन्ट सेक्रेटरी कस्तुरी सेन गुप्ता, प्रिन्सिपल सेक्रेटरी जीटीए प्रीति गोयल (आईएएस) जीटीए सिन्कोना विभाग सभासद रतन थापा, जीटीए हर्टिकल्चर निर्देशक सोनाम भोटिया आदि उपस्थित थिए। एमआईसी अरुप रोय र जीटीएक मुख्य कार्यपाल अनित थापाले उद्घाटन गरेको सुन्तला महोसत्वको दोस्रो दिनमा स्थानीय कलाकारहरुले संस्कृतिक नृत्य प्रस्तुत गरे।
महोत्सव समारोहलाई सम्बोधन गर्दै पश्चिम बंगाल हर्टिकल्चर विभागका मन्त्री अरुप रोयले भने, ‘दार्जीलिङको सुन्तला विश्व प्रसिद्ध छl र यसलाई हामी कुनै पनि हालतमा गुमाउन चाहँदैनौं। सुन्तलाको रोगलाई निवारण गर्न सरकारको प्रयास जारी छl’ एडिसनल प्रिन्सिपल सेक्रेटरी डा. सुब्रतो गुप्तले भने, ‘हामी सरकारबाट तकनिकी सहायत दिन्छौ, र यसलाई सबै कृषिकहरुले एक साथ मिलेर लाभ उठाउनु सक्नुपर्छl’ सिन्कोनाक निर्देशक डा. सामुएल राईले गत वर्षको तुलनामा यसपाली सुन्तला महोत्सवमा कृषिकहरुको संख्यामा वृद्धि भएकोमा हर्ष प्रकट गरेl कृषिकहरुको लाभको निम्ति नै प्रत्येक वर्ष यस प्रकारको सुन्तला उत्सव आयोजना गरेको उनले बताए। जीटीए हर्टिकल्चर विभागका सचिव सोनाम भोटियाले भने, ‘चियासँगै दार्जीलिङको सुन्तलालाई पनि विश्व प्रसिद्ध बनाउनु पर्छl सुन्तलामा लाग्ने रोगलाई निवारण गर्न सरकार पक्ष, कृषिक दाजुभाई सबै मिलेर एउटा अभियान चलाए हामी निश्चय नै सफल हुनेछौंl जीटीएक मुख्य कार्यपाल अनित थापाले सुन्तलाको रोगलाई निवारण गर्न सरकारसँगै कृषिकहरुले मिलेर काम गरे सुन्तला उद्योग पहिले जस्तै फ्रस्टाएर जाने बताए।
समारोहमा स्थानीय कृषिक मधुकर मल्लले बाहिरबाट ल्याएको सुन्तलाको बिरुवाहरुमा कुनै पनि रोग हुनसक्ने भएकोले सरकारले सुन्तलाको बिरुवाहरु बाँड्दा उच्चस्तरको अनि पहाडी क्षेत्रको सुन्तलाको बिरुवाहरुलाई वितरण गरिदिने अपिल गरे। नागपुरको सुन्तला किन प्रसिद्ध छ भन्ने बारेमा महाराष्ट्राका सुभाष शिरभातेले जानकारी दिएl दिपदेन्तुमेरा, गायत्री थापा, अरुनाभा बल आदिले पनि सुन्तला अनि कृषिकहरुलाई सरकारबाट पाउने योजनाबारे बताए। आरजे प्रबल राईले संचालन गरेको समारोहमा सिटोङ एफपीसी लिमिटेडका सभापति रतन गुरुङले संस्थाको पक्षमा सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाए। समारोहमा युनाइटेड होमस्टे सिटोङको पक्षबाट एडिसनल प्रिन्सिपल सेक्रेटरी डा. सुब्रतो गुप्तलाई सम्मान जनाउँदै ज्ञापनपत्र पनि संस्थाको पक्षमा बिक्रम राईले सचिवलाई बुझाए। मणिरुपाले धन्यवाद ज्ञापन गर्दै दुई दिवासीय सुन्तला महोत्सवको अन्त गरियो।