भारी मात्रामा मादक पदार्थहरूको साथ तस्कर पक्राउ

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले ठोस सूचनाको आधारमा छापा मारेर भारी मात्रामा मादक पदार्थहरूको साथ एक तस्करलाई समाएको छ। एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले शनिवार यसबारे जानकारी गराउँदै भने, शुक्रवार साझँ ठोस सूचना पाइएपछि सिलगढ़ी पुलिसको स्पेशल टास्क फोर्सले बंगाल सफारी नजिक हाईवेमा १० चक्के ट्रकलाई रोक्यो।

भक्तिनगर थाना क्षेत्रमा पर्ने यस क्षेत्रमा ट्रकलाई रोकेर यसको तलाशी लिइयो, जसबाट १८० किलो गाँजा जफत गरियो। जसको दर लगभग १५ लाख रूपियाँ मापिएको छ। ट्रक चालकलाई पक्राउ गरिएको छ, जसको पहिचान ४६ वर्षीय अजीजुल हक (कोचबिहार निवासी) को रूपमा गरिएको छ। आरोपितले खुलासा गर्दै भन्यो, उसले यस गाँजालाई बिहारमा तस्करी गर्न लगिरहेको थियो। पुलिसले आरोपितसित सोधपुछ गरेर उसका अन्य साथीहरूबारे जानकारी जुटाउने प्रयास गरिरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement