कोलकाताः कोलकातामा २४ दिसम्बरमा हुने “एक लाख मानिसहरूको गीतापाठ” को तयारी शनिवारदेखि नै शुरू भएको छ। शनिवार गंगा घाटमा हरियाणाको कुरूक्षेत्रबाट ल्याइएको माटो मिस्याइयो र फेरि साधु सन्तहरूले गंगाजल र माटो लिएर बाबूघाटदेखि ब्रिगेडसम्म शोभायात्रा निकाले।
२४ दिसम्बरमा गीता जयन्तीको दिन विभिन्न संगठनहरूले ब्रिगेडमा गीता पाठको कार्यक्रम तय गरेका छन्। पीएम नरेन्द्र मोदी मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्।
त्यस दिन ब्रिगेडमा देशका दुई शंकराचार्य पनि उपस्थित रहनेछन्। संगठनको दाबी छ, कूल ३,६०० हिन्दूवादी संगठनहरूले अगावै कार्यक्रममा भाग लिनका लागि लिखित सहमति दिइसकेका छन्।