एसएसबी ५३ वाहिनीद्वारा निःशुल्क टेलरिङ प्रशिक्षणको उद्घाटन

598ccadb-c0a1-4ff8-8db0-ccf48bae775f

कालचिनीः सिभिक एक्सन प्रोग्राम अन्तर्गत आइतबार एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजना एवम् एसएसबी नयाँ बस्ती बीओपीको व्यवस्थापनामा भाटपाड़ा ए अच्छापाड़ा चियाकमानको मैदानमा गाउँका ३० जना बेरोजगार युवती औ महिलाहरूको निम्ति ३० दिनव्यापी निःशुल्क टेलरिङ प्रशिक्षणको उद्घाटन गरियो। एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको निर्देशमा तथा दिलीप कुमार सरकारको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा एसएसबी ५३ वाहिनी नयाँ बस्ती बीओपीको प्रभारी सञ्जय सरदार, भाटपाड़ा चियाबारीको सिनियर म्यानेजर एसके पाण्डे, कालचिनी ग्राम पञ्चायतका प्रधान ज्योति गुरुङ, स्थानीय पञ्चायत सदस्य रिता राई, अच्छापाड़ा यूथ डेभसपमेन्ट क्लबको अध्यक्ष विजय थुलुङ राई, उपाध्यक्ष राकेश राई, सचिव रवि सार्की, सहसचिव शरण लामा , कोषाध्याक्ष बलदेव लामा, सिकन्दर टोप्पो, विनोद सार्की, पूनम लोहार, विनोद टोप्पो, बिन्दु टोप्पो, विवेक सार्की आदि सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको पक्षबाट स्थानीय आवश्यकमन्द गाउँलेहरूलाई १० वटा बाख्रा पनि वितरण गरिएको थियो। सिभिक एक्सन प्रोग्राम अन्तर्गत यस्तो जनकल्याण कार्यक्रम एसएसबीले गर्दै आइरहेको र निःशुल्क टेलरिङ प्रशिक्षण पुरा भएपछि प्रमाणपत्र प्रदान गरिने एसएसबी सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement