कोलकाताः जादवपुर विश्वविद्यालय शिक्षक संघ (जेयूटीए-जुटा) ले पश्चिम बंगालका शिक्षा मन्त्री ब्रात्य बसुसित छात्रहरूका हितमा विश्वविद्यालयको वार्षिक दीक्षान्त समारोह समयमा आयोजित गर्न कदम उठाउने अनुरोध गरेको छ। जेयूटीएका महासचिव पार्थ प्रतिम रोयले शिक्षा मन्त्री ब्रात्य बसु र राज्यपाल सीवी आनन्द बोसलाई चिट्ठी लेखेर भने, दीक्षान्त समारोह विश्वविद्यालयको लामो र गौरवशाली परम्पराको अभिन्न अंग हो र छात्रहरूको मनपर्ने आयोजनहरूमध्ये एक हो। चिट्ठीमा जेयूटीएका अध्यक्ष पार्थ प्रतिम रोयको पनि हस्ताक्षर छ। चिट्ठीमा भनिएको छ, हाम्रा छात्रहरूको भविष्य र भावनाहरूलाई ध्यानमा राख्दै हामी जादवपुर विश्वविद्यालयका सबै शिक्षकहरूको तर्फबाट हाम्रा छात्ररूलाई समय रहँदै उनीहरूको वैध डिग्री र प्रमाणपत्र पाओस् भनी अनुरोध गर्छौं।
कार्यवाहक कुलपति बुद्धदेव सावसित सम्पर्क गर्दा उनले भने, आधिकारिक बयान आइञ्जेलसम्म म तपाईलाई दीक्षान्त समारोहबारे केही बताउन सक्दिन। के दीक्षान्त समारोह समयमा आय़ोजित हुनेछ प्रश्न गर्दा उनले भने, मीडियामा धेरै खबरहरू छन्। म न त पुष्टि गर्नेछु न त खारेज नै। उल्लेख्य, दीक्षान्त समारोह गराउनलाई लिएर गतिरोध तब शुरू भयो जब शिक्षा मन्त्रीले भने, सावलाई दीक्षान्त समारोहबारे निर्णय लिने कुनै अधिकार छैन किनभने उनलाई राज्य सरकारसित कुनै विचार-विमर्श नगरी राज्यपालद्वारा एकतर्फी फसेला लिएर नियुक्ति गरिएको हो र पूर्णकालिक कुलपितको नियुक्तिको मुद्दा अदालतमा लम्बित छ। यसपछि उच्च शिक्षा विभागले विश्वविद्यालयलाई एउटा चिट्ठी लेखेर उसलाई कार्यकारी परिषदको बैठक गराउनमा रोक लगाएको थियो, जुन दीक्षान्त समारोहको तयारीको निम्ति आवश्यक थियो।
-हिस