गान्तोक: आगामी दिनमा पालन गरिने स्वतन्त्रता दिवस तयारीलाई लिएर समीक्षा सभा सम्पन्न भयो। मन्त्री एनएम शेर्पाको अध्यक्षतामा सम्पन्न भएको सभामा विधायक अदित्य गोले, विधायक सुनिता गजमेर, विधायक केएम लेप्चा लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै मन्त्री शेर्पाले १ अगस्तदेखि १५ अगस्तसम्म जिल्लामा आदजादीका अमृत महोत्सवको रूपमा पालन गरिने भएको कारण यस सम्पूर्ण रिपोर्ट तयार गर्नु पर्ने आग्रह गरे। विशेष गरेर देश स्वतन्त्रता भएको ७५ औं वर्षागाँठको अवसरमा सबै घरमा तिरङगा झण्डा अभियानबारे जानकारी गराए। यसरी नै उनले स्वतन्त्रता दिवसको अवसरमा कार्यक्रम स्थलमा कुनै प्रकारको मैला नगर्ने र यसबारेमा जागरुक गराउनु पर्ने सुझाउ दिए।