फिफा रैकिङ्गमा विश्वकप विजेता स्पेन शीर्ष स्थानमा, भारतले चार स्थान गुमाए

Untitled-1-copy-42

महिला विश्वकप विजेता स्पेन युइएफए नेसन्स लिगको अन्तिम चारमा पुगेर शुक्रबार जारी फिफा वरियतामा एक स्थान माथि उक्लिएको छ। स्वीडेन महिला विश्वकपपछि अगस्तमा जारी फिफा रैकिङ्गमा शीर्ष स्थानमा थियो तर अहिले पाँचौं स्थानमा झरेको छ।

स्पेन यस महिना नेसन्स लिगमा आफ्नो समूहको शीर्ष स्थानमा रह्यो। चार टोलीको यो समूहमा स्विडेन तेस्रो स्थानमा थियो। स्पेन पहिलो पटक महिला फुटबलको शीर्ष स्थानमा पुगेको छ। अमेरिका, फ्रान्स र विश्वकपको उपविजेता इंग्ल्याण्डलाई हराएर यो स्थान हासिल गरेको हो। फिफाका अनुसार २११ सदस्य मध्ये १९२ ले यो वरियतामा स्थान पाएका छन्। जसमा भारतीय टोली चार स्थानको हारसँगै ६५औँ स्थानमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement