इरानद्वारा ‘मोसाद एजेन्ट’लाई फाँसी!

Hang-Rep-image-copy-1

तेहरान: इरानले इजरायली गुप्तचर एजेन्सी मोसादका एक एजेन्टलाई फाँसी दिएको दाबी गरेको छ। संचारमाध्यमको रिपोर्टअनुसार इरानको दक्षिणपूर्वी सिस्तान-बलुचिस्तान प्रान्तमा इजरायली मोसाद एजेन्टलाई शनिबार फाँसी दिइएको छ। उक्त व्यक्तिले विदेशी खुफिया एजेन्सीहरू, विशेषगरी मोसादसँग अन्तरक्रिया गरी गोप्य सूचना संकलन गरेको र आफ्ना सहयोगीहरूको सहयोगमा मोसादलगायत धेरै विदेशी गुप्तचर निकायहरूसँग साझेदारी गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा न त फाँसी दिइएको व्यक्तिको नाम उल्लेख गरिएको छ न त उनी कुन देशका बासिन्दा हुन् भन्ने बारेमा केही जानकारी दिइएको छैन।

इरानी मिडिया रिपोर्टहरूका स्नुआर अभियुक्तले इस्लामिक रिपब्लिकको विरोध गर्ने समूह र संगठनहरूको लागि प्रचारको उद्देश्यका लागि मोसाद अधिकारीलाई गोप्य जानकारी हस्तान्तरण गरेको थियो। कथित हस्तान्तरण कहाँ भएको हो भन्ने खुलाइएको छैन। उक्त व्यक्तिलाई कहिले गिरफ्तार गरियो भन्ने स्पष्ट भइसकेको छैन, तर संचारमाध्यमले अभियुक्तको अपील अदालतले खारेज गरेको जनाएको छ।

सिस्तान-बलुचेस्तानको जाहेदान जेलमा यो सजाय सुनाइएको थियो, बलुच आतंककारीहरूले प्रान्तको एक पुलिस चौकीमा आक्रमण गरेको एक दिन पछि, ११ सुरक्षाकर्मीहरू मारिए र अरू धेरै घाइते भए। सरकारी टेलिभिजनका अनुसार रस्क शहरमा आक्रमण भएको हो। आक्रमणमा मारिएकाहरुको शनिबार राजकीय अन्त्येष्टि गरिएको छ। यस भिडन्तमा जैश-अल-अदल समूहका दुई आतंककारी पनि मारिएका छन्। अफगानिस्तान र पाकिस्तानसँग सीमा जोडिएको गरिब सिस्तान-बलुचिस्तान प्रान्त लामो समयदेखि सुरक्षा बल र सुन्नी लडाकूहरूबीच बारम्बार झडप हुने ठाउँ बनेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *