राघव चड्डा राज्यसभामा आपको नेता नियुक्त

Raghav-Chadha

नयाँ दिल्ली: आम आदमी पार्टी (आप)ले सञ्जय सिंहको स्थानमा आफ्ना सांसद राघव चड्ढालाई राज्यसभामा पार्टीको नेता नियुक्त गरेको छ। राज्यसभा अध्यक्षलाई लेखेको पत्रमा, आप पार्टी नेतृत्वले ‘स्वास्थ्य सम्बन्धी मुद्दाहरू’ भएका सञ्जय सिंहको अनुपस्थितिमा राघव चड्डाले माथिल्लो सदनमा पार्टीको नेता हुने बताएको छ। आपका राज्यसभा सदस्य सञ्जय सिंह दिल्ली रक्सी नीति मुद्दामा हाल जेलमा छन्। चड्डालाई संसदको नेतामा नियुक्त गर्ने सम्बन्धमा आपबाट पत्र आएको राज्यसभा सचिवालय स्रोतले पुष्टि गरेको छ। उक्त पत्र कार्यान्वयनका लागि राज्यसभा महासचिवसँग छ।

चड्डा राज्यसभाका सबैभन्दा कान्छो सदस्य हुन्। अहिले माथिल्लो सदनमा आम आदमी पार्टीका १० सदस्य छन्। भारतीय जनता पार्टी (बीजेपी), कांग्रेस र तृणमूल कांग्रेस (टीएमसी) पछि सदस्य संख्याको आधारमा आप राज्यसभामा चौथो ठूलो पार्टी हो। राघव चड्डा धेरै बोल्ने नेताहरूमा गनिन्छन्। पछिल्लो सत्रमा पनि, ११ अगस्त २०२३ मा आप सांसदलाई राज्यसभाबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो। उक्त निर्णयलाई राघव चड्डाले सर्वोच्च अदालतमा चुनौती दिएका थिए। चड्डाको निलम्बन ११५ दिनपछि फिर्ता भएको हो। दिल्ली रक्सी घोटालामा आम आदमी पार्टीका धेरै नेता जेलमा छन्। पार्टी प्रमुख अरविन्द केजरीवाललाई राघव चड्ढामाथि ठूलो भरोसा छ। राघव चड्डालाई राज्यसभामा पार्टीको नेता नियुक्त गर्नुको प्रमुख कारण पनि यही हो। आप सांसद राघव चड्ढाले अब दिल्लीको मुद्दा माथिल्लो सदनमा उठाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement