चिया बगानमा जंगली हात्ती

IMG-20231216-WA0130.jpg

जलपाईगुडी: शनिबार बिहान जलपाईगुडी जिल्लाको मोराघाट चिया बगानमा जंगली हात्तीको हुल घुमिरहेको देखियो। धेरै बेर चिया बगानमा घुमेपछि हात्ती अन्ततः छेउको मोरा घाटको जङ्गलतर्फ पसे। चिया बगानमा हात्तीको बथान हेर्न पर्यटकदेखि यात्रुहरू सबै राष्ट्रिय राजमार्गको छेउमा रहेको चियाबारीमा भीड भएका थिए। बानरहाट पुलिस थानाका ट्राफिक ओसी घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएका थिए। वनकर्मीले हात्तीको निगरानी गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement