उद्योगपति रतन टाटाको सुरक्षाको सम्बन्धमा फोन गर्ने अज्ञात सिजोफ्रेनिया रोगले ग्रस्त

ANI-20230819097-0_1692601269415_1702707770005.jpg

मुम्बई: प्रख्यात उद्योगपति रतन टाटाको सुरक्षासित सम्बन्धित फोन गर्ने अज्ञात व्यक्ति सिजोफ्रेनिया नामक रोगद्वारा ग्रस्त रहेको थाहा लागेको छ। यसैले पुलिसले ती व्यक्तिविरूद्ध कुनै कानूनी कारबाही गरेन।

मुम्बई पुलिसका एकजना अधिकारीले बताए अनुसार फोन कल गर्ने अज्ञात व्यक्तिले पुलिस कन्ट्रोल रूममा रतन टाटाको सुरक्षा बढ़ाउन भनेको थियो। यसो गरिएन भने उद्योग जगतका यस दिग्गजको अवस्था टाटा सन्सका पूर्व चेयरम्यान साइरस मिस्त्री जस्तै हुने चेताउनी पनि दिएको थियो।

स्मरण गराइन्छ, साइरस मिस्त्रीको ४ सेप्टेम्बर, २०२२-मा एक कार दुर्घटनामा मृत्यु भएको थियो। अज्ञातको फोन कल आउनसाथ मुम्बई पुलिसले पूर्ण रूपमा अलर्ट मोडमा आएर रतन टाटाको निजी सुरक्षाको जिम्मा एक विशेष टीमलाई सुम्पिएको थियो भने अर्को टीमलाई कल गर्ने व्यक्तिको बारेमा जानकारी सङ्ग्रह गर्ने जिम्मा दिएको थियो।

पुलिसले बतायो, पुलिसले तकनीकी सहायता औ एक दूरसञ्चार सेवा प्रदाताको मद्दतले कल गर्ने व्यक्तिको बारेमा पत्तो लगायो। त्यसपछि पुलिस टीम फोन गर्ने व्यक्तिको पुणेस्थित घरमा पुग्यो। घरमा पुगेपछि पुलिसलाई थाहा भयो कि फोन गर्ने व्यक्ति बितेको पाँच दिनदेखिकै बेपत्ता भएका छन् जसको सिकायत पुणेको भोसरी पुलिस स्टेशनमा दर्ता गराइएको छ। उसले कसैको फोनबाट पुलिसलाई फोन गरेको कुरा पनि थाहा लाग्यो।

फोन कल गर्ने व्यक्तिका परिवारसित जाँचबुझ गर्दा पत्तो लाग्यो कि ती व्यक्ति सिजोफ्रेनिया जस्तो रोगद्वारा पीड़ित छ। पुलिस अधिकारीले भने, फोन गर्ने व्यक्तिले फाइनेन्समा एमबीए गरेको र हाल उ सिजोफ्रेनियासित जुझिरहेको अनुसन्धानबाट थाहा लागेको छ। यसैले पुलिसले ती व्यक्तिविरूद्ध कुनै कानूनी कारबाही नगर्ने फसेला लिएको छ।

About Author

Advertisement