गज़ल

Note-image-copy

अचेलका मान्छेलाई आत्म-सम्मानभन्दा धेर पैसा प्यारो लाग्न थाल्यो

त्यही पैसाको लोभले गर्दा सर्वस्व बिर्सेर आफैदेखि आफै भाग्न थाल्योl

पैसाको अनुहारै नदेखेको जस्तो बेहोरा देखाए गधाले पनि हेप्छ नै

आत्म-सम्मान बेचेर भए पनि केवल पैसा अनि पैसा मात्रै माग्न थाल्योl

कतिलाई त कामै नगरी पैसामै ओढ्नु ओछ्याउनु छ यो ठाउँमा साथी

त्यसैकारण यस्ता मान्छेलाई दिन रात पैसाको मात्र भोक जाग्न थाल्योl

चाहिने कुरो नै हो पैसा, तर इज्जत र मेहनतले कमाउन सक्नु पर्छ

तर सस्तो लोकप्रियता र पैसाको लागि आमाको छातीमा तीर दाग्न थाल्योl

त्यतिले पुगेन, लोभको भाँडो न हो के भरिन्थ्यो र सधैं रित्तोको रित्तै

जति सोहोर्यो उति लोभमा परी बेइज्जतीको पराकाष्ठा नाघ्न थाल्योl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement