यस्तो रेस्टुरेन्ट जहाँ बाँदर वेटर, तलबको रुपमा पाउँछन् केरा

Monkey-Waiter

जापानको एउटा रेस्टुरेन्टले बाँदरहरूलाई वेटरको रूपमा काम गर्छन् भन्दा अचम्म लाग्न सक्छ। हो, जापानमा एउटा यस्तो  रेष्टुरेन्ट छ, जहाँ बादँरले  वेटरको रूपमा काम गर्छl त्यहाँ वेटर बाँदरले सामान्य मानिसले झैं आफ्ना ग्राहकलाई व्यवहार गर्छ। समाचारअनुसार यसरी वेटर बाँदरले तलबको रूपमा भने केरा पाउँछन्। यहाँ बाँदरहरूले चेक शर्ट र कालो स्कर्ट लगाउँछन्। जापानी रेस्टुरेन्ट कायाबुकिया टैवर्नमा बाँदरहरूले बियर र अन्य स्वादिष्ट खानाहरू सेवा गर्छन्। बदलामा ग्राहकले बाँदरलाई उमालेको भटमास दिन्छन्। बाँदरहरू मूलतः कायाबुकिया रेस्टुरेन्टका मालिक काउरु ओत्सुकाका घरपालुवा जनावर थिए। उनीहरूका बाँदरहरूले कहिल्यै गलत काम गर्दैनन् भन्नेमा विश्वास गर्थे, र उनमा एकदिन यस्तो सोंच अन्यो कि बाँदरलाइ वेटर बनाउने। नभन्दै तालिम दिए र उनी सफल पनि भए। त्यसपछि त्यो रेष्टुरेन्ट क्रमशः वरपर हुँदै देशभरी चर्चा परिचर्चा हुन थाल्यो।

रेस्टुरेन्ट मालिक ओत्सुकाले डेली मेलका अनुसार बाँदरहरू उनको परिवारको जस्तै नजिक छन्। कहिलेकाहीँ पाहुनालाई मनोरञ्जन दिन नाच्ने पनि गर्छन्। कायाबुकिया रेस्टुरेन्टहरूको अद्वितीय अवधारणाले संसारभरका डिनरहरूलाई आकर्षित गर्दछ। ग्राहकले बाँदरसँग फोटो खिच्छन्। बाँदरको राम्रो हेरचाह गरिएको छ। कायाबुकिया रेस्टुरेन्ट मालिकको बाँदरको चाल निकै प्रभावकारी साबित भएको छ। कायाबुकिया रेस्टुरेन्टका बाँदरहरूले आफ्नो निर्दोषताले ग्राहकहरूको हृदय पग्ल्छन्। उनीहरू वास्तवमै राम्रो व्यवहार गर्ने नानीहरू जस्तै व्यवहार गर्छन्। बाँदरले पाहुनालाई हात सफा गर्न तौलिया पनि ल्याउँछन्। रेस्टुरेन्टमा बाँदरहरूले ग्राहकहरूको राम्रो हेरचाह गर्छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *