२४ दिसम्बर गीता वाचनको विश्व कीर्तिमान बन्ने तयारी

00-1-PM-Modi-2

कोलकाता: गीता जयन्तीको अवसरमा ब्रिगेडमा २४ दिसम्बरमा गीता वाचन हुने भएको छ, जसमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन्। लाख कण्ठमा गीता वाचन आयोजना गर्ने समितिका अध्यक्ष स्वामी प्रदीप्तानन्द महाराजले ब्रिगेड मैदानमा जे हुन गइरहेको छ, त्यो संसारमा कहीँ पनि नभएको दाबी गर्छन्। उनले भने, ‘यति धेरै मानिसहरू जम्मा भएर गीता वाचन गर्नेछन्, जुन विश्व कीर्तिमान होl’ भाजपा र संघ परिवारसहित बंगालका सबै दक्षिणपन्थी संगठनहरूले प्रधानमन्त्री मोदीको ब्रिगेडमा गीता वाचन सफलतापूर्वक आयोजना गर्न आफ्नो शक्ति लगाएका छन्। गीता वाचनका लागि ब्रिगेडमा एक लाख मानिस ल्याएर विश्व कीर्तिमान बनाउने तयारी भइरहेको छ। यस दिन जम्मा चारवटा विश्व कीर्तिमान बनाउन सकिने आयोजकको दाबी छ। पहिलो, एक लाख मानिसको उपस्थितिमा गीता वाचन। दोस्रो, यस दिन ७० हजार महिलाले ब्रिगेडमा एकसाथ शंख बजाउनेछन् जुन यसअघि कहिल्यै भएको थिएन। यसबाहेक कार्यक्रमको शुरुवातमा काजी नजरुल इस्लामद्वारा लेखिएको गीत पनि सँगै गाउने योजना छ। ‘हे पार्थ सारथी’ गीत ६० हजारले एकसाथ गाउनेछन्, जुन विश्व कीर्तिमान हुनेछ। चौथो कीर्तिमान यस दिन ब्रिगेडमा करिब १५ सय साधु-सन्तले सँगै शान्तिस्तोत्र वाचन गर्नेछन्। आयोजक संस्थाका महासचिव बसन्त सेठियाले गिनिज बुक अफ वल्र्ड रेकर्डलगायत धेरै संस्थाबाट आवेदन आएको बताए। धेरै संघसंस्थाले आ–आफ्ना प्रतिनिधि पठाउने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement