सिलगढी: राज्यका विपक्षी नेता सुभेन्दु अधिकारी शनिबार उत्तर बंगालको एक दिने भ्रमणमा आएका छन्। उनी आज दिउँसो कोलकाताबाट बागडोग्रा एयरपोर्ट पुगेका थिए। बागडोग्रा विमानस्थलमा पत्रकारसँग भेटपछि उनले दिल्लीमा हुने गठबन्धन बैठकबारे छत्तीसगढ, मध्य प्रदेश र राजस्थानमा भएको पराजयमा विपक्षीको शोक सभा हुने बताए। यसका साथै उनले प्रदेश सरकारको आलोचना गर्दै बंगालका जनतालाई वञ्चित गरिरहेको बताए।