यात्रुहरू ज्यानबाट जोगिए
सिलगढीः एसियाली राजमार्गमा दुई सवारीसाधन एकआपसमा ठोक्किँदा यात्रु जोगिएका छन्। घटना शुक्रबार उत्तर बंगाल विश्वविद्यालयको गेट नम्बर २ अगाडि भएको हो। समाचार स्रोतका अनुसार खरीबारीबाट सिलगढीतर्फ जाँदै गरेको कार उत्तर बङ्गाल विश्वविद्यालयको गेट नम्बर २ अगाडि ट्राफिक सिग्नलमा रोकिँदा पछाडिबाट आएको अर्को चारपाङ्ग्रे गाडीले कारलाई ठक्कर दिएको थियो। यद्यपी घटनामा कुनै हताहतीको खबर आएको छैन। पछाडिको कारमा केही यान्त्रिक समस्याका कारण ब्रेक फेल भएर नियन्त्रण गुमाएर अगाडिको कारसँग ठोक्किएको बताइएको छ। घटना थाहा पाएलगत्तै ट्राफिक पुलिस घटनास्थल पुगेका थिए। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।