कोचबिहार: कोचबिहारको रसिकबिल मिनी चिडियाखानाको सुन्दरता बढाउन थप ३ चितुवा ल्याइएको छ। रसिकबिल मिनी चिडियाखानामा यसअघि २ वटा चितुवा थिए। हाल थप ३ चितुवा ल्याइएसँगै रसिकबिल मिनी चिडियाखानामा चितुवाको संख्या ५ पुगेको छ। चितुवालाई झारग्राम प्राणी निकुञ्जबाट रसिकबिलमा ल्याइएको वन विभागले जनाएको छ। जाडो याममा रसिकबिलमा नयाँ पाहुनाको आगमनले सम्पूर्ण क्षेत्रमा खुसीको माहोल छ।

‘नाइट शेल्टर’को पनि व्यवस्था गरिएको छ। करिब एक हेक्टर क्षेत्रफलमा फैलिएको चितुवा उद्धार केन्द्रको छेउमा रहेको शिविरमा नयाँ विश्रामस्थलको पूर्वाधार निर्माण भइरहेको छ। झारग्राम चिडियाखानाका रेन्ज अफिसर अतुल प्रसाद दे तीन चितुवा र एक पशु चिकित्सक सहित कुल पाँच जनासहित शनिबार कोचबिहारको रसिक बिल पुगे।