कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा आज मदीरहाट बीरपाड़ा खण्डको गरगन्डा चियाबारीमा मानव संसाधन विकास कार्यक्रम अन्तर्गत गाउँका २० जना महिला औ युवतीहरुलाई निःशुल्क एम्ब्रोइडेरी प्रशिक्षणको किट्स वितरण गरिएको जानकारी एउटा प्रेस विज्ञप्ति मार्फत एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयले जनाएका छन। आज उक्त अवसरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको डेपुटी कमान्डेन्ट ललेन्द्र रत्नाकरको मुख्य उपस्थिति रहेको थियो भने अन्यान्य विशिष्ट अतिथिहरुमा गरगन्डा चियाबारीको पञ्चायत सदस्यहरू नारायण खोरा, श्रवण भुज र समुकतला विद्यासागर सोसियल वेलफेयर सोसाइटीको सचिव रिया रोय एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
कार्यक्रममा आजादीको अमृत महोत्सव अन्तर्गत हर घर तिरंगाको सन्देश लगायत छोरी बचाऔँ छोरी पढ़ाऔँ र केन्द्रिय आर्म्स फोर्समा छोरीहरु पनि भर्ना हुने आदि विषयमाथि सचेतना गरिएको थियो। यसै क्रममा नै आज प्रायः १०० वटा बिरुवाहरुको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो भने निःशुल्क एम्ब्रोइडेरी प्रशिक्षण आगामी २८ दिनसम्म चल्ने एसएसबी सुत्रले जनाएका छन।