सिन्कोना बगान निर्देशक कार्यालय मङपु अघि धरना अनि जुलुस

22-40-05-bee.jpg

मङपु: टीएमसी-को ट्रेड युनियन अनि सिन्कोना सहायक संगठनको संयुक्त पहलमा लगातार आज २३औँ दिन पनि सिन्कोना बगान निर्देशक कार्यालय मङपु अघि धरना अनि जुलुस कार्यक्रम जारी छ। ट्रेड युनियनको माग अनुसार सिन्कोना बगानका श्रमिकहरूलाई ग्रुप डी-को पद्दोन्नति गरिनु पर्ने छ। टीएमसी सिन्कोना प्लान्टेशन वर्कर्स यूनियनको आयोजना सम्पन्न उक्त धरना अनि जुलुस कार्यक्रममा सामेल हुन आज टीएमसी राज्यसभा सांसद शान्ता छेत्री, विनय तामाङ, एनबी खवास लगायत आरआर ब्लक पार्टी सभापति सञ्जय सुब्बा धरना स्थलमा पुगेका थिए। यसरी सिन्कोना बगान ग्रुप डी पद्दोन्नतीलाई लिएर दार्जीलिङ जिल्लापालको पहलमा आज चार बजे बेलुकी लालकोठीमा सिन्कोना बगान निर्देशक एवम् टीएमसी ट्रेड यूनियन सीपीडब्ल्युयुमाझ महत्त्वपूर्ण बैठक हुने युनियन सभापति सन्तोष खवासले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement