मालदा बजारमा आगो लाग्दा दोकान जलेर खरानी

Screenshot_20231216_152723_Chrome.jpg

मालदा: मालदाकाे चांचल बजारमा अबेर राति एउटा जुत्ताको दोकानमा आगो लाग्यो। आगो निभाउन दमकलका दुई वटा गाड़ी पठाइयो। लगभग एक घण्टाको अथक प्रयासपछि आगो निभाइयो।

घटनामा कोही हताहत भएको वा ठूलो नोकसान भएको कुनै खबर छैन। आगो कसरी लाग्यो, यो अहिले स्पष्ट छैन। यसको कारणहरूको पत्तो लगाइँदैछ। जुत्ताको दोकानमा अग्निशमनको व्यवस्था ऩभएको आरोप छ। स्थानीय मानिसहरूले आरोप लगाए, सूचना दिइएपछि अग्निशमन विभागको टीम घटनास्थलमा धेरै बेरपछि पुग्यो, जसले गर्दा समस्या भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement