ओमानका सुल्तानलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरियो

ANI-20231216051048.jpg

नयाँ दिल्ली: ओमानका सुल्तान ह्याथम बिन तारिकलाई शनिवार राष्ट्रपति भवनमा औपचारिक स्वागत गरियो। राष्ट्रपति भवन प्राङ्गणमा आयोजितसमारोहमा ओमानका सुल्तानलाई गार्ड अफ अनर दिइयो। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई स्वागत जनाए।

राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणमा सुल्तान ह्याथम बिन तारिक आजदेखि भारतको राजकीय यात्रामा छन्। उनीसित वरिष्ठ मन्त्री एवं अधिकारीहरू सहित एक उच्चस्तरीय प्रतिनिधिमण्डल पनि आएको छ। सुल्तान तारिकको भारतको यस पहिलो राजकीय यात्रा भारत एवं ओमानमाझको राजनयिक सम्बन्धमा एउटा महत्वपूर्ण माइल खुट्टी हो। उनको सम्मानमा अपरान्ह दिवाभोज आयोजना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement